सुनको मूल्यमा सामान्य गिरावट, कति छ ?


 



काठमाडौं, वैशाख १४
सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । आज सुन तोलामा एक सय रुपैयाँँ घट्दै प्रतितोला ९१ हजार दुई सयमा झरेको छ ।

सुन हिजो प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय १५ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १४ बैशाख २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्