विदेशी मुद्राको विनिमयदरः कुन देशको मुद्राको मूल्य कति ?


 


काठमाडौं, वैशाख १६
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९.२७ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ २६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९८ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५२ पैसा रहेको छ । 

यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४७ पैसा रहेको छ । यस्तै साउदी दिराम एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 
विदेशी मुद्राको विनियमदर विस्तृतमाः

currency.JPG

प्रकाशित मिति: १६ बैशाख २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्