निषेधाज्ञाको पहिलो दिन सुनको मूल्य सामान्य वृद्धि


 


काठमाडौं, वैशाख १६ 
नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

सरकारले उपत्यकामा निषेधाज्ञा लगाएको पहिलो दिन सुनको मूल्य तोलामा रु ३०० ले बढेको हो । निषेधाज्ञाका बीच अहिले बिहेको सिजन रहेकाले यो बेला सुनको कारोबार बढी हुने गर्छ । 

बिहीबार तेजाबी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य तोलामा १३१५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १३०५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: १६ बैशाख २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्