सुनको मूल्य बढ्यो, कति छ आज ?




काठमाडौं, वैशाख २०
सुनको मूल्य आज बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँँ बढ्दै प्रतितोला ९० हजार चार सय पुगेको छ ।

सुन हिजो प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला १३ सय पुगेको छ । चाँदी हिजो प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २० बैशाख २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्