भोजपुरको सुन्तला बजारमा


 


मनिता खिम्दुङ
भोजपुर, कार्तिक ८

जिल्लामा उत्पदित सुन्तला बजारमा किनबेच शुरु भएको छ । विशेषगरि जिल्लामा पाईने जुनार तथा स्थानिय जात पहाडे सुन्तलाको किनबेच शुरु भएको हो । जिल्लाको प्राय अधिक गाविसहरुमा पाईने सुन्तलाले उचित मुल्य पाउन थाले पछि पछिल्लो समय किसानहरु व्यवसायिक रुपमा सुन्तला खेति गर्नतिर लागि परेका छन् ।

आठ दश वर्ष अगाडि सम्म आफनो बगैचामा फलेको सुन्तला नुनसग साटेर दिने गरेको तर अहिले म बार्षिक दुई लाख देखि तिन लाख सम्ममा बेचिराखेको र सुन्तला सुनको रुपमा स्थापित भएको कृषक बालकुमार दर्नालले बताए । जिल्लालामा मध्ये पहाडिलोकमार्ग सगै गाउ गाृउ सम्म यातायातका निम्ति हिउदे सडक अर्थात कच्चि सडक निर्माण भै जिल्ला लाई सिधै तराईका ठुला शहरहरु सग जोडिए पछि सुन्तलाले बजार पाउन थालेको हो ।

यातायातको अभावमा नुन सग साट्ने र ढाकरमा बोकेर छिमेकि जिल्ला उदयपुरको बेल्टार सुनसरि चतरा लगायतका बजारहरुमा चार देखि पाच दिन लगाएर बोकेर लाने सुन्तला अहिले आएर सुनको रुपमा स्थापित भएको छ । स्वादिस्ट तथा स्वास्थ्यकर फलको रुपमा चिनिने सुन्तला अहिले घर बगैचा बाटै आन्तरिक तथा जिल्ला बाहिरका ठेकेदारहरुले लिने गरेको सिद्देस्वर का व्यवसायिक सुन्ला कृषक कमल थुलुङले बताँउछन् ।

माघ फागुण र चैत्र महिनामा फुल फुल्ने र क्रमश मंसिर पुस माघ फागुण र चैत्र महिनामा फल टिप्ने बेलाहुने यस जिल्लामा अहिले सुन्तला कलिलो हुदै ठेकेदार हरु गाउ छिरेर बगैचा लिन थालेकाछन् । जिल्लामा किसानहरुको सक्रियता तथा सुन्तला खेतिको महत्व लाइृ बुझेर अहिले बारि तथा खेतहरुमा पनि खेति शुरुवात गरि रहेको स्थानियले बताएकाछन् ।

सुन्तलाखेति तिर कृषकहरु आकर्षित हुदै गर्दा जिल्ला कृषि विकास कार्यलय तथा जिल्लामा रहेका ईलाका कार्यलयहरुबाट विरुवाको सिजनमा कृषकहरुलाई पचास प्रतिशतको सहुलियतमा विरुवा उपलव्ध गराई रहेको कार्यलयले जनाएको छ । ईलाका कृषिसेवाकेन्द्र अन्नपूर्णका प्राविधिक सहायक रामयतन यादपको अनुसार गत वर्ष सेवाकेन्द्र मातहद भित्र बाट तेह्र करोड भन्दा माथिको मुल्य वराबरको सुन्तला निर्यात भएको जानकारी दिए ।

विदेश गएर अरुको देशमा गर्ने दुख आफनै गाउघरमा व्यवसायिक खेति तिर गारि मनग्य आम्दानि लिन सकिने सुन्तला विरुवा नर्सरि तथा व्यवसायिक सुन्तला खेति गर्दै आउनु भएका विष्णुप्रसाद अधिकारिले बताए । गत वर्षको तुलनामा यस वर्ष अत्याधिक फल लागेकोले व्यायापारमा चौका मारिने पक्का भए पनि कतिय ठाउमा बोटले थाम्न नसकेर हागा लाछिन थालेकोले चिन्तित भएको कृषक दिनेश दर्नालले बताए ।

प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्