कोरोनाको दोस्रो खोप समेत लगाएकी गाउँपालिका सदस्यको मृत्यु


 


बाग्लुङ, वैशाख २१ 
जिल्लाको ताराखोला गाउँपालिकाकी एक महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

ताराखोला गाउँपालिका–३ की ३० वर्षीया तेजमायाँ भण्डारी परियारको मृत्यु भएको हो । ताराखोला गाउँपालिका कार्यपालिका सदस्य समेत रहेकी भण्डारीको कोरोना संक्रमणपश्चात उपचारका क्रममा धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएको अस्पतालका डाक्टर शैलेन्द्र विक पोखरेलले जानकारी दिए।

रुघाखोकी र कोरोनाको लक्षण देखिएपछि भण्डारीलाई १८ गएराति ८ बजे धौलागिरी अस्पतालमा भर्ना गरिएको थियो । उनको १९ गते कोरोना संक्रमण पुष्टि भएको र सोमबार राति अस्पतालको आइसियुमा भर्ना गरिएको अवस्थामा उपचारकै क्रममा ज्यान गएको पोखरेलले बताए ।

कोरोना संक्रमणको शिकार बनेकी उनले दुवै चरणको कोरोना विरुद्धको खोप समेत लगाएको स्वास्थ्य शाखा प्रमुख उदित थापाले बताए । खोपले काम गरेको जस्तो नदेखिएको उनको भनाई छ । भण्डारी नेकपा माओवादी केन्द्रबाट ताराखोला वडा नम्बर ३ बाट वडा सदस्य हुँदै कार्यपालिका सदस्य बनेकी थिइन् ।

प्रकाशित मिति: २१ बैशाख २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्