तिहारको लागि झण्डै साठी लाखको सयपत्री आयात गरिँदै


 


काठमाडौँ, कात्तिक ८
आउँदै गरेको तिहारका लागि यस वर्ष भारतबाट रु ६० लाख मूल्य बराबरको सयपत्री फूलको माला आयात गर्ने योजना रहेको छ ।

गएको वर्षको तुलनामा यो वर्ष झण्डै ५० हजार बढी माला आयात गर्ने योजना रहेको फ्लोरीकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए ।

गत वर्ष तिहारमा रु. एक लाख ५० हजार माला आयात गरेकोमा यस वर्ष दुई लाख माला आयात गर्ने योजना रहेकोे उने बताए ।

गत वर्ष उपभोक्ताले फूलको प्रतिमाला रु एक सयदेखि १ सय २० सम्म तिर्नुपरेकोमा यो वर्ष बढीमा रु ८० सम्म तिर्नुपर्ने उनले भने ।

पछिल्लो समय मुलुकले गोदावरी र मखमली फूलमा आत्मनिर्भर भइसकेको छ भने अहिले पनि सयपत्री फूलमा मुलुक आत्मनिर्भर हुन सकेको छैन् । तिहारका वेला हरेक वर्ष भारतबाट सयपत्री फूल आयात गर्नुपरेको छ ।

हरेक वर्ष झन्डै रु डेढ अर्ब मूल्य बराबरको फूलको कारोबार हुने गरेको छ । तिहारमा मात्र मुलुकभर करिब ११ लाख मालाको कारोबार हुने गरेको छ । तीमध्ये नौ लाख माला नेपालमै उत्पादन भएको फूलबाट बनेका हुन्छन् । नेपालमा प्रयोग हुने मालाको ४० प्रतिशत खपत काठमाडौँ उपत्यका नै हुने गरेको एसोसिएसनले जनाएको छ ।

एसोसिएसनका अनुसार मुलुकभर तिहारमा मात्र झन्डै रु सात करोड मूल्य बराबरको फूलको कारोबार हुने गरेको छ ।

प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्