सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौं, वैशाख २४
आज सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा एक हजार एक सय रुपैयाँ बढ्दै प्रतितोला ९१ हजार सात सय पुगेको छ । सुन हिजो प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ५० पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २४ बैशाख २०७८, शुक्रबार












