सुनको मूल्य दैनिक उकालोमा, कति पुग्यो आज ?


 



काठमाडौं, वैशाख २७
नेपाली बजारमा केही दिनदेखि सुनको मूल्य उकालो लागिरहेको छ । सुन आज पनि तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार पुगेको छ ।

सुन हिजो प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि दै्रनिक रुपमा बढिरहेको छ । चाँदी आज पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ६० पुगेको छ ।

चाँदी हिजो प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २७ बैशाख २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्