सुनको मूल्य आज पनि बढ्यो




काठमाडौं, वैशाख २८
नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुन आज तोलामा ३ सय रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार ३ सय रुपैयाँ पुगेको छ ।

सुन हिजो प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला १ हजार ३४५ मा झरेको छ । चाँदी हिजो प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News