सुनको मूल्य आज घट्यो, कति छ ?


 



काठमाडौं, वैशाख २९
नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला ९२ हजार रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २९ बैशाख २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्