साताको अन्तिम दिन कति छ आज सुनचाँदीको मूल्य ?


 



काठमाडौं, वैशाख ३१
नेपाली बजारमा आज सुनको मूल्य यथावत छ भने चाँदीको मूल्य सामान्य घटेको छ ।

सुन आज पनि प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा आज सामान्य गिरावट आउँदै प्रतितोला एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३१ बैशाख २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्