भारत पाकिस्तान फेरि भिडन्त एक भारतीय सैनिकको मृत्यु


 


एजेन्सी ।
भारत–पाकिस्तान सीमाक्षेत्रमा आक्रमण हुँदा एक भारतीय सैनिकको ज्यान गएको छ ।

आइतबार राति भएको उक्त दोहोरो आक्रमणमा परि २ जना पाकिस्तानी नागरिकको समेत मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।

दुबै पक्षका सैनिक अधिकारीहरुले सो आक्रमणको पुष्टि गरिसकेका छन् ।

भारतले जम्मुमा पाकिस्तानी सेनाले गोली चलाउँदा आफ्नो सीमा सुरक्षा बलका एक सैनिकको मृत्यु भएको बताएको छ भने पाकिस्तानी सैनिकले आफ्ना एक जना एक वर्षिय बालक सहित दुई जनाको ज्यान गएको र अन्य ७ जना घाइते भएका बताएको छ ।

पाकिस्तानी सैनिकले हर्पल, पुखलियन, चार्वा र पाकिस्तानको पञ्जावलाई भारत प्रशासित काश्मिरबाट छुट्याउने विवादित क्षेत्रमा आक्रमण भएको बताएको छ भने भारतीय सैनिकले उक्त आक्रमण पुरा, पार्गवल र कनाचक क्षेत्रमा भएको बताएको छ ।

गत सेप्टेम्बरमा उरी हमलामा १९ जना भारतीय सैनिकको मृत्यु भएपछि यी दुई मुलुकबीच तनाव चुलिँदै गएको छ ।

भारतले सबै आक्रमणको जिम्मा पाकिस्तानल लिनुपर्ने बताउँदै आएपनि पाकिस्तानले सधैं अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्