साताको पहिलो दिन बढ्यो सुनको मूल्य


 



काठमाडौं, जेठ २
नेपाली बजारमा यो साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा ९ सय रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ पुगेको छ ।

सुन गएको शुक्रबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ५० पुगेको छ । चाँदी गएको शुक्रबार प्रतितोला एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जलनाएको छ ।

प्रकाशित मिति: २ जेष्ठ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्