बुधबारको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?


 


काठमाडौं, जेठ ५
बुधबार एक अमेरीकी डलरको खरिददर ११६.५८ रुपैयाँ र बिक्रिदर ११७.१८ रुपैयाँ कायम भएको छ । यस्तै एक युरोको खरिददर १४२.४४ रुपैयाँ र बिक्रिदर १४३.१८ रुपैयाँ रहेको छ ।

यस्तै जापानीज १० यनको खरिददर १०.७० रुपैयाँ र बिक्रिदर १०.७६ रुपैयाँ भएको छ । यता कतारियन एक रियालको खरिददर ३२.०१ रुपैयाँ र बिक्रिदर ३२.१७ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.३३ रुपैयाँ र बिक्रिदर १०.३८ रुपैयाँ रहेको छ ।

कुवेतियन एक दिनारको खरिददर ३८७.७१ रुपैयाँ र बिक्रिदर ३८९.७० रुपैयाँ रहेको छ । बहराइन एक दिनारको खरिददर ३०९.२६ रुपैयाँ र बिक्रिदर ३१०.८५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: ५ जेष्ठ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्