सुनचाँदीको मूल्यमा उतारचढाव : आज फेरि भाउ घट्यो


 



काठमाडौं, जेठ ७
नेपाली बजारमा आज सुनको मूल्य फेरि घटेको छ । सुन आज तोलामा चार सय रुपैयाँले घट्दै प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा झरेको छ ।

सुन हिजो प्रतितोला ९३ हजार सात रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ५० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ७ जेष्ठ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्