साताको पहिलो दिन बढ्यो सुनको मूल्य




काठमाडौं, जेठ ९
नेपाली बजारमा साताको पहिलो दिन आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ९३ हजार ६ सय पुगेको छ ।

सुन अघिल्लो सातोको अन्तिम दिन शुक्रबार प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ४५ मा झरेको छ । चाँदी गएको शुक्रबार प्रतितोला एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News