मंगलबार सुनको मूल्यमा सामान्य गिरावट


 


काठमाडौं, जेठ ११
मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामन्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९३ हजार ५०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने गत सोमबारकै मूल्य कायम हुँदै प्रतितोला एक हजार ३५० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्