आर्थिक सर्वेक्षण भोलि २ बजे, बजेट शनिबार चार बजे


 


काठमाडौं, जेठ १३
आर्थिक सर्वेक्षण शुक्रबार (भोली) २ बजे सार्वजनिक हुने भएको छ । मन्त्रालयमै सार्वजनिक गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

जुमबाट सार्वजनिक गर्ने कार्यक्रम राखिएको छ भने फोटो तथा भिडियोको लागि सिमित पत्रकारलाई अर्थमन्त्रालयको सो कार्यक्रममा प्रवेश दिने गरी तयारी गरिएको छ । यता जेठ १५ गतेको बजेट भने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बालुवाटार बाटै सार्वजनिक गर्नेछन् । बजेट शनिवार ४ बजे सार्वजनिक हुने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।

प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन लागेका हुन् ।सरकारले १५ दिन अघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि तरल राजनीतिका कारण यो पटक नीति तथा कार्यक्रम आएन ।

काम चलाउ सरकारले काम चलाउ बजेट ल्याउनुपर्ने विज्ञहरुले भनिरहेका बेला ओली सरकारले चुनाव घोषणा गरेकाले मतदाता रिझाउने खालका कार्यक्रम ल्याउन लागेको बुझिएको छ । सबैलाई रिझाउने मेलोका कारण बजेट बढी पपुलर खालको हुने आंकलन गरिएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता र राष्ट्रसेवक कर्मचारीको तलव बढाउने घोषणा गरिसकेका छन । अर्थले यसलाई निर्देशनकै रुपमा लिएको छ । यस्तै करको दरमा केही हेरफेर हुने देखिएको छ । सबैलाई रिझाउन खोज्दा बजेटको आकार भने बढ्ने देखिन्छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्