ह्वात्तै बढ्यो सुनको मुल्य



काठमाडौं, जेठ १३
बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकै दिन प्रतितोला ७०० रुपैयाँले वृद्धि हुँदै सुन अधिकतम ९४ हजार २०० रुपैयाँ पुगेको हो ।

यो मूल्य पछिल्ला केही महिना यताकै उच्च हो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत अधिकतम ९३ हजार ७०० रुपैयाँ पुगेको छ ।

यता, चाँदीको मूल्य भने गत तीन दिन यता स्थिर रहँदै प्रतितोला एक हजार ३५० रुपैयाँ कायम रहेको सुनचाँदी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News