सुन तोलामा चार सय रुपैयाँ घट्यो


 



काठमाडौं, जेठ १४
नेपाली बजारमा आज सुन तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोलामा ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य स्थीर रहेको छ । चाँदीको मूल्य आज पनि प्रतितोला एक हजार तीन सय ५० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्