भ्रष्टाचारीलाई यसरी लखेटेरै कार्वाही गर्दै छ चीनले



एजेन्सी ।

अन्तिम तीन वर्षमा चीनमा १० लाख भन्दा बढी भ्रष्टाचारीलाई कार्वाही गरिएको छ ।

सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले अन्तिम तीन वर्षमा भ्रष्टाचारमा संलग्न १० लाख भन्दा बढीलाई सजाय दिएको विविसिले जनाएको छ ।

त्यस्तै भ्रष्टाचारको अभियोग लागेपछि विदेशमा गएर बसेका ४ सय ९ जनालाई यो वर्ष विदेशमै सोधपुछ गरिएको छ । चीनको राजधानी बेइजिङमा भएकोे एक गोप्य बैठकमा चीनका वरिष्ठ अधिकारीहरुले यो आंकडा सार्वजनिक गरेको हो ।

यद्यपि भ्रष्टाचारीलाई के कार्वाही गरियो भन्नेबारे उल्लेख गरिएको छैन । राष्ट्रपति सि जिङपिङले सत्ता सम्हाले यता चीनमा भ्रष्टाचार विरोधी अभियान तिब्र बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News