भाेजपुरका पसलमा छैन् मूल्यसूचि


 


भाेजपुर, कार्तिक १०

भाेजपुर सदरमुकामका पसलहरूमा व्यापारीहरूले मूल्यसूची राखेका छैनन् । भोजपुरको चारभन्जाङ्गबाट बिचबजार, बैंकरोड डाडाँगाउँ तथा जिल्ला अस्पताल आसपासको क्षेत्रमा गरिएको अनुगमनमा अधिकाशं पसलहरुले बोर्ड तथा मुल्य सुची नराखेको पाइएको हो ।

बुधबार सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेको नेतृत्वमा ३२ वटा पसलको अनुगमन गरेकोमा ४ वटा पसलबाट म्याद नाघेका उपभोग्य सामान पालेर्जी बिस्कुट, डाल्डा घ्यु सुजी र खानेतेल लगायतका २७ सय १० रुपैंया बराबरको सामान नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

उद्योग वाणिज्य संघ, नागरीक समाज, पत्रकार, सरोकारवाला लगायतको उपस्थितमा गरिएको अनुगमनमा मुल्य सुची र बोर्ड नराख्नेलाई १० दिनभित्र राख्न र निरन्तर मुल्यसुची अपडेट गर्न निर्देशन समेत दिइएको छ । यसैबिच बजार अनुगमन गाउँ केन्द्रित नभई सदरमुकाम केन्द्रित भएको स्थानियले गुनासो गर्ने गरेका छन् ।

प्रकाशित मिति: १० कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्