किन आयो दाहाललाई युएइको निम्तो ?


 


Prachanda-Chairman-of-Maoist-Centerकाठमाण्डौ, कार्तिक ११

नेपालका लागि युएईका राजदूत सैद हाम्दन अल नक्वीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई युएई भ्रमणको निम्तो हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री दाहालसँग आज भेट गर्दै राजदूत नक्वीले सन् २०१७ जनवरी १६ मा युएईमा हुने वर्ल्ड फ्युचर इनर्जी समिटका लागि प्रधानमन्त्री दाहाललाई निमन्त्रणा गरेका हुन् ।

राजदूत नक्वीले उर्जा सम्मेलनबाट नेपालले प्रशस्त लाभ लिन सक्ने भन्दै त्यसका लागि नेपाललाई पहिलोपटक निमन्त्रणा गरेको बताए ।

प्रधानमन्त्री दाहालले युएई भ्रमणको निमन्त्रणाका लागि धन्यवाद दिँदै सम्मेलनमा सहभागी हुन आफू ईच्छुक रहेको बताएका थिए ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा नेपाल–युएई बीचको सम्बन्ध र द्वीपक्षीय हितका विषयमा छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्रीले युएईको अदालतद्वारा मृत्युदण्डको सजाय सुनाएका दार्चुलाका अमर बमलाई आममाफीको व्यवस्था गर्न राजदूत नक्वीको ध्यानाकर्षण गराएका थिए ।

भेटमा राजदूत नक्वीले नेपाल र युएई पुराना मित्र भएको भन्दै दुई देशको सम्बन्ध प्रधानमन्त्रीको चासोबारे आफू युएई फर्केर छलफल गर्ने बताए ।

प्रकाशित मिति: ११ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्