आङ नोर्बु शेर्पालाई फ्रान्स सरकारद्धारा सम्मानित


 


ang-norbu-sherpa

काठमाडौं, कात्तिक ११

फ्रान्स सरकारले नेपालका ट्रेकिङ व्यवसायी आङ नोर्बु शेर्पालाई सर्वोच्च नागरिक पदवीबाट सम्मानित गरेको छ ।

फ्रान्सका राष्ट्रपतिको तर्फबाट राजदूत यिभ कारामोनाले शेर्पालाई काठमाडौँमा भएको एक कार्यक्रमकाबीच नाइट अफ लिजन अफ अनर विभूषण प्रदान गरेका थिए ।

गोरखा भूकम्पको बेला आफ्ना नागरिकको जीवन रक्षाको लागि शेर्पाले खेलेको भूमिकाको सराहना गर्दै फ्रान्स सरकारले उनलाई सम्मान गरेको हो ।

सम्मानका क्रममा राजदूत कारामोनाले भने, ‘तपाईँले आफ्नो परवाह नगरी हाम्रा दाजुभाइ दिदीबहिनीको जीवन रक्षा गर्नुभयो । लगातार परकम्प गइरहँदा पनि तपाईँले हेलिकप्टर चार्टरै गरेर फ्रान्सेली नागरिकहरूको खोज र उद्धार गर्नुभयो र यसका लागि हामी आभारी छौँ ।’

शेर्पाले फ्रान्सेली सरकारलाई उक्त सम्मानको लागि धन्यवाद दिए ।

शेर्पा एड्भेञ्चर ६००० कम्पनीका कार्यकारी निर्देशक हुन् ।

प्रकाशित मिति: ११ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्