कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई


 


काठमाडौं, असार २७
कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा ब्राजिललाई १–० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको हो ।

ब्राजिलको रियो दी जेनेरियोको माराकानो स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे । उनले खेलको २२ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए ।

डी मारियाले डे पाउलको पासमा गोल गरेका हुन् । सन् १९९३ पछि अर्जेन्टिनाले पहिलो पटक उपाधि जितेको हो । यता ब्रजिल भने लगातार दोस्रो पटक उपाधि जित्नबाट बञ्चित भएको छ ।

प्रकाशित मिति: २७ असार २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्