पछिल्लो २४ घण्टामा एक हजार ८३१ जनामा कोरोना संक्रमण, १५३५ जना निको भए


 


काठमाडौं, असार २७
पछिल्लो २४ घण्टामा देशभर एक हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार २१८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ८३३ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ५३५ जना पिअिसार परीक्षण गर्दा १ हजार २३७ र ३ हजार ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा ५९४ जनामा संक्रमण पुष्टि भएको हो। नेपालमा संक्रमित पत्ता लाग्नेदर २२ दशमलब ३ प्रतिशत रहेको छ। अर्थात नेपालमा ५ जनाको परीक्षण गर्दा एक जना संक्रमित पुष्टि भइरहेका छन्।

नेपालमा हालसम्म ६ लाख ५५ हजार ४४९ जना संक्रमित पुष्टि भएका छन् भने तीमध्ये ६ लाख १९ हजार ८९४ जना संक्रमित निको भइसकेका छन्। आज देशभर एक हजार ५३३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २० घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ३८२ जना संक्रमितको मृत्यु भइसकेको छ।

देशभर २६ हजार १७३ जना सत्रmिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २३ हजार ४७१ जना संक्रमित होम आइसोलेसन र २ हजार ७०२ संस्थागत आइसोलेसनमा रहेका छन। संस्थागत आइसोलसनमध्ये ५५३ जना आइसियुमा र १७५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर ३०४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २७ असार २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्