Deshko News
१४ आश्विन २०८०, आइतबार

भारत र चीनका राष्ट्रपतिको नेपाल भ्रमण हुँदा सार्वजनिक विदा



pm-and-cabinet-office-650x488

काठमाडौं, कात्तिक ११

सरकारले छिमेकी देश भारत र चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अबदेखि भारत र चीनका राष्ट्रप्रमुख आउने दिन सरकारी बिदा दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

भारतका राष्ट्रपति प्रणव मुखर्जी यही कात्तिक १७ गतेदेखि तीनदिने नेपाल भ्रमणमा आउँदै छन् भने चीनका राष्ट्रपतिको नेपाल भ्रमण अनिश्चित छ ।

त्यस्तै बैठकले नेपाल घरेलु तथा साना उद्योग विकास समितिको अध्यक्षमा सिन्धुलीका दीपेन्द्र आचार्यलाई नियुक्त गरेको र थानकोट–चित्लाङको गणेशमान मार्गको स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: ११ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News