कुन बैंककाे बाेनस सेयर कति ?


 


काठमाडाैं, कार्तिक १३

दश वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लाभांसको घोषणा गरेका छन् । चुक्ता पुँजी बढाउने दबाबमा रहेका बैंकहरुले सकेसम्म बोनस सेयर दिने घोषणा गरेका छन् । राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार ०७३ असार मसान्तसम्ममा वाणिज्य बैंकको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनैपर्छ ।

चुक्ता पुँजी बढाउन बैंक तथा वित्तीय संस्थाहरुले अधिकतम बोनस सेयर घोषण गरेपछि त्यसकेा प्रत्यक्ष प्रभाव सेयर बजारमा समेत देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले घोषणा गरेको लाभांस नियामक नेपाल राष्ट्र बैंक र सम्बन्धित बैंककै साधारणसभाले अनुमादन गरेपछि मात्रै वितरण हुन्छ ।

nabil-bankनविल बैंक

नविल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई सबैभन्दा धेरै लाभांस दिने घोषणा गरेको छ । सबैभन्दा धेरै नाफा कमाएको नविलले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांस गरी ४५ प्रतिशत लाभांसको भोषणा गरेको हो । नविल बैंकले गत वर्ष २ अर्ब ८२ करोड रुपैयाँ नाफा कमाएको थियो ।

बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ६ अर्ब १७ करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ७५ करोड रुपैयाँ छ । ०७४ असार मसान्तसम्ममा राष्ट्र बैंकले तोकेको न्यूनतम अर्थात ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन बैंकले अझै १ अर्ब ८३ करोड रुपैयाँ थप्नुपर्ने हुन्छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

nepal-investment-bank

नेपाल इन्भेष्टमेन्ट बैंकले धेरै लाभांस दिएको छ । बैंकले २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांस गरी कूल ४१ प्रतिशत लाभांस वितरण गरिसकेको छ । गत वर्ष बैंकले २ अर्ब ५५ करोड ८ लाख रुपैयाँ खुद नफा कमाएको थियो ।

बैंकको दशैंअघि सम्पन्न साधारणसभाले लाभांस पारित गरेको थियो । बोस सेयर पारित भएसँगै इन्भेष्टमेन्ट बैंक नेपालमा सबैभन्दा पहिला ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन बैंक बनेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ७० करोड रुपैयाँ गेको छ ।

standard-charter-bankस्टान्डर्ड चाटर्ड बैंक

स्टान्डर्ड चाटर्ड बैंकले ३३ प्रतिशत बोनस सेयर दिने घोषण गरेको छ । गत वर्ष बैंकले १ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको थियो । बोनस सेयर पारित भएपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ८१ करोड रुपैयाँ छ ।

त्यसपछि बैंकले ३ अर्ब ३ करोड रुपैयाँ बराबरको फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गरी चुक्ता पुँजी ७ अर्ब ५ करोड र चालू आर्थिक वर्षको नाफाबाट १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर दिएर ८ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने योजना सार्वजानिक गरिसकेको छ ।

nic-asiaएनआइसी एसिया बैंक

एनआइसी एसिया बैंकले २६ प्रतिशत बोनस सेयर र त्यसकेा कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांस गरी सेयरधनीलाई कूल २७.३७ प्रतिशत लाभांस वितरण गरिसकेको छ । गत वर्ष बैंकले १ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको थियो ।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ७५ करोड रुपैयाँ पुगिसकेको छ । बैंकले चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने पनि साधारणसभाबाट पारित भइसकेको छ ।

nb-bankनेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले पनि गत वर्षको नाफाबाट सेयरधनीलाई ३२ प्रतिशत बोनस सेयर र त्यसको कर प्रोजनका लागि १.६८ प्रतिशत गरी कूल ३३.६८ प्रतिशत लाभांस वितरण गरिसकेको छ ।

बैंकको दशैंअघि सम्पन्न भएको साधारणसभाले सञ्चालक समितिको लाभांस प्रस्ताब पारित गरेको हो । गत वर्ष बैंकले १ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको थियो ।

बोनस सेयर पारित भएसँगै बैंकको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ पुगेको छ । बैंकले ८० प्रतिशत हकप्रद सेयर दिएर ७ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने र चालू आर्थिक वर्षको कमाएको नाफाबाट बोनस सेयर दिएर ८ अर्ब रुपैयाँ पुर्‍याउने रणनीति लिएको छ ।

sunrise-bankसनराईज बैंक

सनराईज बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ३३.३३ प्रतिशत बोनस बोनस सेयर दिने निर्णय गरेको छ । गत वर्ष बैंकले ९५ करोड रुपैयाँ नाफा कमाएको थियो । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

sbi-bankनेपाल एसबिआइ बैंक

नेपाल एसबिआइ बैंकले २८ प्रतिशत बोनस सेयर र १.५३ प्रतिशत नगद लाभांस गरी २९.५३ प्रतिशत लाभांसको घोषणा गरेको छ । गत वर्ष बैंकले १ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको थियो । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ८८ करोड रुपैयाँ छ । २८ प्रतिशत बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी ४ अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ ।

citizen-bankसिटिजन बैंक

सिटिजन बैंकले १५.८ प्रतिशत बोनस सेयर र ०.८३ प्रतिशत नगद लाभांस वितरण गरिसकेको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ४ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । त्यसपछि बैंकले हकप्रद सेयर दिने रणनीति बनाएको छ । गत वर्ष बैंकले १ अर्ब ९ करोड रुपैयाँ नाफा कमाएको थियो ।

global-ime-bankग्लोबल आइएमइ बैंक

ग्लोबल आइएमइ बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ ।गत वर्ष बैंकले १ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब १६ करोड रुपैयाँ छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ७ अर्ब १४ करोड रुपैयाँ पुग्नेछ ।

sanima-bankसानिमा बैंक

सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ ।

गत वर्ष बैंकले १ अर्ब ४ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ५९ करोड छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ५ अर्ब २८ करोड रुपैयाँ हुनेछ ।

प्रकाशित मिति: १३ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्