Deshko News
१४ आश्विन २०८०, आइतबार

दलहरु जुटेरमात्र मुलुकले निकास पाउँछ- देउवा



sher bahadur deubaकाठमाण्डौ, कार्तिक १३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि सबै दलबीच सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ५ ले आज राजधानीमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा कांग्रेस सभापति देउवाले संविधान कार्यान्वयन गर्नुको विकल्प नभएकाले सबै दल चाँडो सहमतिमा पुग्नु आवश्यक रहेको बताए ।

उनले दलहरु जुटेरमात्र मुलुकले निकास पाउने भएकाले मधेसका मुद्दा सम्बोधनका लागि समान धारणा बनाएर अगाडि बढ्नुपर्ने स्पष्ट पारे ।

राजनीतिक संकट समाधानका लागि नेपाली कांग्रेसले नेतृत्व लिने भन्दै सभापति देउवाले सानातिना विषयमा अल्झिएर समय खेर फाल्न नहुने बताए । स्थानीय र केन्द्रीय निर्वाचनपछि मुलुकले गति लिने भएकाले निर्वाचनका लागि सबै राजनीतिक शक्ति तयार हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी विभिन्न नेताहरुले ठूलो पार्टी भएकाले मुलुकलाई निकास दिन सबै राजनीतिक दललाई विश्वासमा लिएर अगाडि बढ्न सुझाव दिएका थिए ।

प्रकाशित मिति: १३ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News