महाअभियोग प्रस्ताव पारित नभए सरकार ढल्छ : शेरबहादुर



दाङ, कात्तिक १३
नेपाल बार एशोसियसनका केन्द्रीय अध्यक्ष शेरबहादुर केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव पारित नभएमा सरकार परिवर्तन हुन सक्ने बताएका छन् ।

रिपोटर्स क्लब नेपाल दाङले आयोजना गरेको कार्यक्रमा केसीले दलहरुले ल्याएको महाअभियोग प्रस्ताव दूई तिहाई बहुमतले पारित हुनुपर्ने संवैधानिक प्रावधान रहेको बताउँदै भने ‘ प्रस्ताव फेल भए नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिने परिस्थिति आउँछ ।’

उनले नेपाल बारले महाअभियोग प्रकरण लाई इमान्दारीताका साथ हेरिरहेको भन्दै नेपाल बार एशोसियसन अख्तियारलाई वलियो बनाउनु पर्ने पक्षमा रहेकाले सरकार र सेनालाई समेत अख्तियारले हेर्न सक्ने ब्यवस्था गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News