घरबाट बाहिर जाँदै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ आजको मौसम


 


काठमाडौं, असोज ३
हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको मौसम विभागले जानकारी दिएको छ।

आइतबार देशभर मौसम सामान्यतया सफादेखी आंशिक बदली रहेको छ। आइतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै बेलुका देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको मौसम पूर्वानुमान महाखाशाले जानकारी दिएको छ। प्रदेश नं १ , बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको बताइएको छ।

प्रकाशित मिति: ३ आश्विन २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्