बिना निस्कर्ष टुङ्गियो चार पक्षको बालुवाटार बैठक


 


four-party

काठमाडौं, कात्तिक १३
देशको पछिल्लो राजनीतिक अवस्थामा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका बसेको बैठकमा संविधान संशोधन र प्रक्रियाका विषयमा छलफल भएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए । ‘संविधान संशोधन र त्यसको प्रक्रिया एवम् तीन बुँदे सहमति अन्तर्गत पूरा हुन बाँकी विषयमा कुराकानी भएको हो’, उनले भने ।

स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री दाहालले लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा पनि समर्थन गर्न मधेसी मोर्चासँग आग्रह गर्दा मधेसी मोर्चाले महाअभियोगको विषयमा आफूहरूलाई कुनै चासो नरहेको जवाफ दिएको थियो ।

शनिबारको बैठकमा कुनै विषयमा सहमति हुन नसकेपछि मधेसी मोर्चा तथा संघीय गठबन्धनका नेताहरूसहितको बैठक आइतबार पुनः बस्ने गरी स्थगित भएको छ ।

बैठकमा प्रधानमन्त्री दाहालका साथै कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष भीम रावल र मधेसी मोर्चाका नेताहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति: १३ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्