आयल निगमलाई १५ दिनमै २ अर्ब २२ करोड घाटा


 


काठमाडौं, कार्तिक १
अन्तराष्ट्रिय बजारमा पेट्रोलियम कच्चा पदार्थको मूल्य बढ्दा नेपाल आयल निगमको घाटा आकासिएको छ । पछिल्लो १५ दिनमा मात्र २ अर्ब २२ करोडभन्दा बढी नोक्सासी प्रक्षेपण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

कच्चा तेलको बढ्दो मूल्यकै कारण ६ वर्षपछि निगम पहिलो पटक गतवर्ष ४ अर्ब घाटामा गएको थियो । भारतीय आयल कर्पोेरेसन (आईओसी) ले १६ अक्टोबरमा पठाएको नयाँ मूल्यअनुसार १५ दिनको घाटा २ अर्ब २२ करोड ६ लाख प्रक्षेपण गरिएको प्रवक्ता उपाध्यायले बताए ।

यसअघि ३१ सेप्टेम्बरको मूल्यअनुसार निगमले सवा दुई अर्ब हाराहारी नोक्सानी ब्यहोरेको थियो । अन्तराष्ट्रिय बजारअनुसार मूल्य समायोजन नहुँदा एक महिनाको नोक्सानी मात्रै ४ अर्ब ४४ करोड हाराहारी पुग्ने देखिएको निगमका प्रवक्ता उपाध्यायले बताए ।

‘इतिहासमै पहिलो पटक हामी उच्च पाक्षिक घाटाको अवस्थामा छौं । आगामी १५ दिनमा हाम्रो घाटा प्रक्षेपण २ अर्ब २२ करोड ६ लाख रुपैयाँ भन्दामाथि छ,’ प्रवक्ता उपाध्यायले भने, ‘अक्टोबर महिनाको मासिक नोक्सानी मात्रै ४ अर्ब ४४ लाख पुग्ने अनुमान गरिएको छ ।’

प्रकाशित मिति: १ कार्तिक २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्