याेग्य प्रचण्डलार्इ अयाेग्यकाे माग- ‘हामी अयोग्यको बिल्ला हटाइदिनुस्’


 


काठमाडौँ, कार्तिक १४

बहिर्गमित जनमुक्ति सेनाले देशमा आमूल परिवर्तनका लागि आफूहरुले ज्यानको बाजी थापेर मुक्तिको लडाई लडेको भन्दै त्यस योगदानको कदर गर्दै तत्काल आफूहरुमाथि लागेको अयोग्यको बिल्ला हटाउन माग गरेका छन् । उनीहरुले अयोग्य पदावलीको प्रयोग गर्न बन्द गरी उनीहरूको कदर गर्दै गणतन्त्रका योद्धा घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

जनमुक्ति सेनाका योद्ध सुनिल लिम्बू, रमेश बसेल, सोमलाल घलान, प्रदीप कार्की, सम्राट, कोपिला किराँती तथा रश्मी गुरुङले एक विज्ञप्तिमा बहिर्गमनमा परेका चार हजार ९ जनालाई जनसेना सरहको व्यवहार गरी उनीहरूका माग सम्बोधन गर्न आग्रह गरिएको छ ।
बाल सैन्यका लागि उनीहरूको शिक्षा पाउने विशेष अधिकार खोसिएकाले सरकारले उनीहरूको व्यवहारिक चासो सम्बोधन गर्ने गरी सामाजिक न्यायमा आधारित भएर एकमुष्ठ सामाजिक तथा आर्थिक कार्यक्रम बनाएर शिक्षा दिने काम गरियोस् भनी माग गरिएको छ ।

पक्राउ परेका बहिर्गमित जनसेना तत्काल बिना सर्त रिहा गर्नुपर्ने, घाइते, मानसिक रूपमा बिरामी र आघातमा परेका तथा अशक्तलाई सरकारले तत्काल औषधि उपचार, तथा विशेष आर्थिक सहयोग कार्यक्रम तत्काल ल्याउनुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति: १४ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्