बाढी पहिरो र डुबान प्रभावितको राहतका लागि सुदूरपश्चिममा २५ करोड बजेट छुट्याइयो



कैलाली, कार्तिक ३
सुदूरपश्चिम प्रदेश सरकारले बाढी, पहिरो तथा डुबान प्रभावितको राहतका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठकले राहतको लागि २५ करोड रुपैयाँ खर्च गर्ने निर्णय गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिए।

‘प्रदेश सरकारबाट राहतको लागि २५ करोड छुट्याएका छौं । वर्षा रोकिएपछि अगाडि बढाउँछौं । क्षतिका बारेमा संघ सरकारसँग राखेका छौं,’ उनले भने, ‘किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाउँछौं । संघीय सरकारबाट पनि माग गरेका छौं ।’

बेमौसममा भएको अविरल वर्षाले सुदूरपश्चिममा ठूलो क्षति भएको र उद्धार तथा राहतको काम अघि बढिरहेको मुख्यमन्त्री भट्टले बताए । आफूले उद्धार, राहत र क्षतिपूर्तिका लागि संघीय गृहमन्त्री बालकृष्ण खाँडसँग कुराकानी गरिसकेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News