प्रधानमन्त्री छमछमी नाचेपछि…



deusi-prachanda

काठमाडौं, कात्तिक १४
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष एमाले लगायत दलहरुबीचको तिक्तता कम हुँदै गएको बताएका छन् ।

तिहारको अवसरमा आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेको रिपोर्टस क्लबको देउसी भैलो टोलीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय प्रतिपक्षी एमाले लगायतका दलहरुसंगको तिक्तता कम हुँदै गएको बताए ।

उनले आफू प्रधानमन्त्रीमा निर्वा्चित हुँदा दलहरुबीच केही दूरी बढे पनि निरन्तरको संवाद र छलफलले दलहरूसँगको सहमतिको वातावरण बन्दै गएकोे दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले दलीय सहमतिमा संविधान संशोधन गरी त्यसको स्वीकार्यतालाई फराकिलो पार्न सरकार लागि परेको र त्यसको लागि मिडियाले पनि सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए ।

प्रधानमन्त्री दाहाल रिपोर्टस क्लबको देउसी भैलो टोलीसँगै  नाचेका पनि थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News