Deshko News
८ आश्विन २०८०, सोमबार

फेसबुकले आफ्नो नाम परिवर्तन गर्दै



क्यालिफोर्निया, कार्तिक ४
विशाल सामाजिक सञ्जाल फेसबुक कम्पनीले आफ्नो नाम परिवर्तन गर्ने योजना बनाएको छ। फेसबुकले कम्पनीको रिब्रान्डसँगै आागामी हप्तादेखि नयाँ नाम राख्ने योजना बनाएको हो।

फेसबुकका सीईओ मार्क जुकरबर्गले यही अक्टोबर २८ मा कम्पनीको नयाँ नाम र रिब्रान्डबारे उद्घोष गर्ने योजना बनाएको अमेरिकी टेक्नोलोजी वेबसाइट दी भर्जले जनाएको छ।

यद्यपि, फेसबुकले ‘हल्ला र अनुमान’को तत्काल टिप्पणी नगर्ने प्रतिक्रिया दिएको छ।

मंगलबार फेसबुकले आफ्नो कम्पनी विकास गर्न युरोपेली युनियनमा करिब १० हजार जागिरको पद खुलाउने घोषणा गरेको थियो। यस महिनाको सुरुवातमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब ६ घण्टाको लागि बन्द भएको थियो।

प्रकाशित मिति: ४ कार्तिक २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News