सरकार गठन भएको तीन महिना वित्याे प्रगति शुन्य :ओली


 


kp oli

कठमाडौं, कात्तिक १४
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठन भएपछिको तीन महिनामा कुनै पनि उपलब्धि नभएको दावरुी गरेका छन् ।
आइतबार भक्तपुरमा आयोजित शुभकामना आदन–प्रदान कार्यक्रममा बोल्दै ओलीले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेपछिको तीन महिनामा मुलुकले कुनै उपलब्धि हासिल गर्न नसकेको टिप्पणी गरे ।

अध्यक्ष ओलीले भने, ‘मेरो नेतृत्वको सरकारले अनेकौ चुनौतीबीच मुलुकलाई विकासको बाटोमा अघि बढाउन प्रयत्न गरेको हो । अहिलेको सरकारसँग त्यस्तो कुनै योजना नै छैन । हामीले बनाएका योजनाको पनि कार्यान्वयनको पहल भएको छैन । अहिले तीन महिना वितिसक्यो के भयो त खै ? ।’

आफ्नो नेतृत्वको सरकारले घोषणा गरेका विकासका कार्यक्रम काम फेरि सुरु हुने ओलीको भनाइ छ । युवाले देशलाई समृद्ध बनाउन सक्छौँ भन्ने आत्मविश्वासका साथ अगाडि बढ्नुपर्ने भन्दै उनले अझै पनि नेपालमा जातजाति र भाषाभाषीलाई उचालेर द्वन्द्व सिर्जना गराउने तत्व सक्रिय रहेकाले त्यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: १४ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्