आजको मौसम : पहाडमा वर्षा र हिमालमा हिमपात


 


काठमाडौं, कार्तिक ११
हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन। हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ।

बिहीबार दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने छ। पहाडी भु–भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहीबार राती देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने छ।

प्रकाशित मिति: ११ कार्तिक २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्