Deshko News
१४ आश्विन २०८०, आइतबार

‘मुखर्जीको सम्मान, देशको अपमान’ भन्दै भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा यसकारण हुँदैछ विरोध (हेर्नुहोस् बिज्ञप्ति सहित)



काठमाडौं, कात्तिक १४
भारतका राष्ट्रपति प्रणव मुखर्जीले गर्नलागेको नेपाल भ्रमणको कार्यक्रम राष्ट्रहितको विरुद्धमा भएको भन्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले त्यसको विरोध गर्ने जनाएको छ ।

भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणको कार्यक्रम मुखै मा पुगेका बेला ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले एक विज्ञप्ती निकाल्दै उनको भ्रमण राष्ट्रिय हितमा नभएकोले उक्त भ्रमणको विरोध गर्ने जनाएको छ ।

भारतले नेपालको कालापानी, सुस्ता लगाएतका क्षेत्रमा सैनीक क्याम्प खडागरी तर्साएको, लिपुलेकमाथी दाबी गर्न खोजेको, भूकम्पकै बेला नाकाबन्दी गरेको, सयौं स्थानमा सीमा अतिक्रमण गरेको, सीमा बाँधका कारण डुबानमा पारेको, दश गजा मिचेर नेपालमाथि आफ्नो रजाँइ गर्न खोजेको र नेपालको सार्वभौमसत्तामाथि नै गम्भीर प्रहार गर्ने क्रियाकलाप गरिरहेको आरोप लगाउदै मोर्चाले भारतीय राष्ट्रपतिको भ्रमणको विरोध गर्ने जनाएको छ ।

मोर्चाले मुखर्जीको भ्रमणमा कस्तो खालको विरोध कार्यक्रम गर्ने भन्ने कुरा स्पष्ट पारेको छैन तर सबैलाई  भ्रमणको खुलेर विरोध गर्न विज्ञप्ति मार्फत नैआग्रह गरेको छ ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा ‘नेपाल विरुद्ध गतिविधी गरिरहेको भारतीय सरकार अनि अन्तर्रा्ष्ट्रिय मञ्चमा अपमानजनक भाषा प्रयोग गर्ने भारतीय राष्ट्रपति मुखर्जीको हामीले स्वागत र सम्मान गर्नुपर्ने आवश्यकता छैन । उनलाई सम्मान गर्नु नेपालमाथिको अपमान हो । तसर्थ उनको भ्रमणलाई मसाल बालेर,कालो झण्डा देखाएर,साँझमा बत्ती निभाएर,जे जसरी हुन्छ देशव्यापी विरोध गरौं ।’ भनिएको छ ।

हेर्नुहोस्  बिज्ञप्ति :

bigapteeeeeii

प्रकाशित मिति: १४ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News