तिहारभर लाेडसेडिङ नहुने


 


ktm-jhilimiliकाठमाडाैं, कार्तिक १४

विद्युत प्राधिकरणले उपत्यकामा तिहारभरि लोडसेडिङ नगर्ने भएको छ । यतिबेला देशभर तीन सय मेगावाटको बिजुली अपुग छ । लक्ष्मी पूजाको दिन सवा ६ बजे देशभरको कूल विद्युत माग १२ सय मेगावाट पुगेको छ भने नौ सय मेगावाटको आपूर्ति भइरहेको छ ।

प्राधिकरणका अाफ्नै विद्युत गृहहरुबाट ४४२ मेगावाट आपूर्ति भइरहेको छ भने भारतबाट ढल्केबर–मुजफ्फपुरसहित २५२ मेगावाट आयात भइरहेको छ । तिहारका लागि ढल्केबरबाट थप २५ मेगावाट आयातको बन्दोबस्ती गरिएको छ ।

लक्ष्मी पूजाको साइतसम्म बिजुलीको अत्यधिक माग हुने गरेको अधिकारीले बताए । गत वर्ष लक्ष्मी पूजाको दिन साँझ साढे आठ बजेपछि माग विस्तारै कम हुँदै गएको थियो ।

याे पटक पनि लक्ष्मी पूजा गरिसकेपछि बिजुलीको माग घट्ने प्राधिकरणले बताएको छ ।तिहारका बेला उद्योग, कलकारखाना र व्यापारिक समूहको विद्युत खपत नहुने हुँद प्राधिकरणलाई बिजुलीको बन्दोबस्ती गर्न सजिलो भएको हो ।

प्रकाशित मिति: १४ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्