अमेरेकी राष्ट्रपति अाेबामाले यसरी मनाए दिपावली


 


barak-obama-dipawaliकाठमाडाैं, कार्तिक १५

अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नै निवासमा विशेष कार्यक्रममा दियो जलाएर दिपावली मनाएका छन् । ओबामामो सरकारी आवास हृवाइट हाउसले आधिकारिक फेसबुक र ट्वीटर पेजमा यसको जानकारी दिएको छ र तस्वीर पनि पोष्ट गरेको छ । सन्देशमा लेखिएको छ, अमेरिका र विश्वभरमा उज्यालोको पर्व मनाइरहका सबै मानिसलाई दिवापली (दिवाली)को शुभकामना ।

ओबामाले गर्वका साथका भनेका छन् कि दिपावली मनाउने पहिलो अमेरिकी राष्ट्रपति हुँ । उनले पत्नी मिसेलका साथमा २००९ मा राष्ट्रपति आवासमा दिपावली मनाएका थिए ।

उता न्यूयोर्कस्तिच संयुक्त राष्ट्रसंघको मुख्यालयमा पहिलो पटक दिपावलीको अवसरमा विशेष रुपमा सजाइएको छ । मुख्यालयको भवनमा हृयापी दिवालीको सन्देश देखिएको छ ।

प्रकाशित मिति: १५ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्