भारतीय राष्ट्रपतिलाई राष्ट्रपति भण्डारीद्धारा भव्य स्वागत


 


mukharji-bhandari

काठमाडौं, कात्तिक १७
भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीनदिने राजकीय भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।

इन्डियन एअरफोर्सको विशेष विमानबाट बुधबार अपरान्ह १२ बजेर २० मिनेट जाँदा उनी काठमाडौंमा अवतरण भएका हुन् ।

मुखर्जीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारथ अपर्ण गरेकोे थियो ।

मुखर्जीको स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत उच्च पदस्थ अधिकारीहरु त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल पुगेका थिए ।

भारतीय राष्ट्रपति मुखर्जीको विमान अवतरणका बेला झण्डै ४५ मिनेट त्रिभुवन विमानस्थलमा सबै उडान र अवतरण रोकिएको थियो ।

आजै बेलुका मुखर्जीको सम्मानमा राष्ट्रपति भण्डारीले रात्री भोज आयोजना गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्