मुखर्जीलाई कालो झण्डा देखाउन खोज्ने २ जना पक्राउ!


 


काठमाडौं, कात्तिक १७

भारतले नेपालमाथि जमाउँदै गरेको हैकम विरुद्ध भारतीय राष्ट्रपति प्रवण मुखर्जीलाई कालोझण्डा देखाउन प्रयास गर्ने ग्रेटर नेपालका दुई जना नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाल र सचिव रामचन्द्र खड्का रहेका छन् ।

उनीहरूलाई प्रहरीले अन्तर्रा्ष्ट्रि विमानस्थलको मुलगेट नजिकैबाट बिहान करिव साढे ११ बजेतिर पक्राउ गरेको संयोजक नेपालले जानकारी दिए ।

पक्राउ परेका नेपाल र खड्कालाई प्रहरीले गौशाला प्रहरीमा राखेको छ । मुखर्जी विमानस्थलमा उत्रनु अघि नै नेपाल र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतले नेपालको कालापानी, सुस्ता लगाएतका क्षेत्रमा सैनीक क्याम्प खडागरी तर्साएको, लिपुलेकमाथी दाबी गर्न खोजेको, भूकम्पकै बेला नाकाबन्दी गरेको, सयौं स्थानमा सीमा अतिक्रमण गरेको, सीमा बाँधका कारण डुबानमा पारेको, दश गजा मिचेर नेपालमाथि आफ्नो रजाँइ गर्न खोजेको र नेपालको सार्वभौमसत्तामाथि नै गम्भीर प्रहार गर्ने क्रियाकलाप गरिरहेको निहुँमा ग्रेटर नेपालले भारतीय राष्ट्रपतिको भ्रमणको विरोध गर्ने कार्यक्रम यस अघि नै सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति: १७ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्