आज दिनभर नेपाल टेलिकमको कल निःशुल्क, यसरी सेवा सुचारु गर्नुहोस्



काठमाडौं, माघ २२
नेपाल टेलिकमका ग्राहकले आज दिनभर निःशुल्क रूपमा भीओएलटीई कल गर्न पाउने भएका छन् । आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा भीओएलटीई सेवाको व्यवसायिक सुरूवातसँगै एक दिनका लागि लागू हुने गरी यो अफर सञ्चालनमा ल्याएको हो ।

यो सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट *४४४# डायल गर्नुपर्ने कम्पनीले जनाएको छ । साथै सेवा प्रयोग गर्न सिम र मोबाइल सेट दुवैले भीओएलटीई सपोर्ट गर्ने हुनुपर्छ ।

निःशुल्क कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र गरने कलमा मात्र लागू हुने जनाइएको छ । साथै कम्पनीले वार्षिकोत्सवलाई लक्षित गरी डेटा प्याक अफर पनि ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News