मुखर्जी र भण्डारीबीच औपचारिक भेटवार्ता


 


mukharji_bhandari-jpeg-shital-niwash

काठमाडौं, कात्तिक १७

नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचारभेट गरेका छन् ।

यो उनको नेपाल आइपुगेपछिको पहिलो औपचारिक भेट हो ।

बुधबार दिउँसो महाराजगंज मा रहेको राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो ।

मुखर्जीलाई राष्ट्रपति भण्डारीले नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरेकी थिईन् ।

मुखर्जी १२ बजेर २० मिनेट जाँदा काठमाडौं आइपुगेका हुन् ।

प्रकाशित मिति: १७ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्