कस्तो रहनेछ आज दिनभरको मौषम ?


 


काठमाडौं, माघ २९
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी -भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भूंभाग सामान्यतया सफा रहेको छ ।

शनिबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । यता आइतबार पनि देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति: २९ माघ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्