भारतीय दुतावासको भोज कार्यक्रममा गएनन् ओली


 


kp oli

काठमाडौं, कार्तिक १७
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा गरिएको दिवा भोज कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्व प्रधामन्त्री केपी शर्मा ओली सहभागी भएका छैनन् ।

राजधानीको लैनचौरमा रहेको भारतीय दुतावासले आयोजना गरेको दिवा भोज कार्यक्रममा अध्यक्ष ओलीसँगै एमाले बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल पनि अनुपस्थित रहेका छन् ।

खनाल र नेपाल विदेशमा रहेका कारण भोजमा सहभागी हुन पाएनन् ।ओली भने काठमाडौंमा हुँदा हुँदै पनि भोजमा सहभागी भएनन् ।

दुतावास परिसरमा भएको दिवा भोज कार्यक्रममा सरकारका उच्च पदस्थ सबै व्यक्तित्वहरु उपस्थित छन् भने प्रतिपक्ष एमालेका तर्फबाट उपाध्यक्षद्धय वामदेव गौतम, भीम रावल र उपमहासचिव विष्णु पौडेल लगायतको उपस्थिति रहेको भोजमा सहभागी एक नेताले जानकारी दिए ।

 

प्रकाशित मिति: १७ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्