मुखर्जीले के लेखे पशुपतिनाथको आगन्तुक पुस्तिकामा ?



green-ink-by-mukharji

काठमाडौं, कात्तिक १८

नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले बिहीबार बिहान पशुपतिनाथको विशेष पूजा गरेका छन् ।

विशेष पूजापछि उनले पशुपतिनाथ मन्दिर परिसरमा राखेको आगुन्तक पुस्तिकामा पवित्र पशुपतिनाथ मन्दिरमा एकपटक फेरि आउन पाउँदा खुसी महशुस भएको उल्लेख गरेका छन् ।

विशेष पूजामा फेरि सहभागी हुन पाउँदा आनन्द महशुस भएको बताउँदै उनले पशुपतिको दर्शन गर्ने व्यवस्था मिलाइदिएकोमा मन्दिर व्यवस्थापन समितिलाई धन्यवाद व्यक्त गरेका छन् ।

मुखर्जीले नेपाल भारत मैत्री पशुपतिनाथमा धर्मशाला परियोजना निर्माण गर्न सहयोग गर्न पाउनु आफ्नो देशका लागि खुसीको कुरा भएको बताएका छन् ।

साथै उनले मन्दिर छेउका घाटहरुको पुर्ननिर्माणमा पनि सहयोग गर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News